सिद्धार्थ बैंक माधोपुरले पहिलोपटक सुरु गर्यो एटिएम सेवा



ओम प्रकाश यादव
रौतहट ,माघ २५ । रौतहटको माधव नारायण नगरपालिका -६ माधोपुर बजारमा रहेको सिद्धार्थ बैंकले पहिलोपटक एटिएम सेवा सुरु गरेको छ।

सिद्धार्थ बैंकको शाखा कार्यालय माधोपुरले ग्राहकको सुविधालाई मध्य नजर गर्दै एटिएम सेवा सुरु गरेपछि ग्राहकहरु निकै हर्षित भएका छन् ।



पहिला एटिएमको सुविधा नहुँदा सेवाग्राहीले पैसा झिक्न चेक काट्नुपर्ने बाध्यता थियो ।

त्यस्तै एटिएमको सुविधा नहुँदा ग्राहकले आफूले चाहेको बेला पैसा झिक्न समेत पाउँदैनथ्यो तर अब एटिएमको सुविधा उपलब्ध भएपछि ग्राहकले जुन सुकै बेला पैसा झिक्न पाउने भएका छन भने चेक काट्नुपर्ने बाध्यता पनि अन्त्य भएको छ ।

ग्राहकले आफूले चाहेको जुन सुकै बेला सहज तरिकाले पैसा झिक्न पाओस् भन्ने उद्देश्यले बैंकले एटिएमको सेवा विस्तार गरेको सिद्धार्थ बैंक माधोपुर शाखाका मैनेजर रामाशंकर चौधरीले बताएका छन्।

पहिलो पटक एटिएमको सुविधा विस्तार भएपछि ग्राहकलाई पैसा झिक्न अब निकै सहज हुने उनले बताए।

एटिएमको सुविधाले बैकिङ प्रणालीमा जोडिएका ग्राहकलाई दैनिक आर्थिक कारोबार गर्न थप सरल बनाएको मैनेजर चौधरीले बताए।

एटिएमको सेवासँगै खल्तीमा पैसाको मुठा बोकेर हिँडिरहनु पर्ने बाध्यताको अन्त्य भएको छ। एटिएम कार्डबाट चाहिएको बेला पैसा झिक्न मिल्ने भएपछि लामो यात्रा गर्दा बोकेरै हिँड्नु पर्ने, हराउने वा चोरीको भय रहेन।

प्रकाशित मिति: २०८१ माघ २५, शुक्रबार १३:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको