६ क्विन्टल गाँजासहित एकजना पक्राउ



महोत्तरी, माघ २५ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले ४० पोकामा रहेको ६०४ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोस्ट जमुनियाको टोलीले बिहीबार राति उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

प्रदेश २–०४–००१ख ००२१ नम्बरको ट्रकको हुडमा डोरीले बाँधी कालो प्लास्टिकले छोपी जलेश्वर बर्दीबास सडकखण्डस्थित भंगहा नगरपालिका– ६ मजराबाट प्रहरीले गाँजासहित चालकलाई नियन्त्रणमा लिएको हो ।

सूचनाको आधारमा प्रहरीको संयुक्त टोलीले गाँजासहित एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानले जानकारी दिए । उनले गाँजासँगै ट्रकचालक उदयपुर कटारी नगरपालिका– १ बस्ने २३ वर्षीय गणेशबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको बताए ।

 

प्रकाशित मिति: २०८१ माघ २५, शुक्रवार १३:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको