मस्तिमा बलवा नगरपालिकाका मेयर महतो, नगरबासी भन्छन्–‘यस पालिकामा मेयर पनि छन् ?’



जनकपुरधाम, माघ २५ । महोत्तरी जिल्लाका बलवा नगरपालिकाका मेयर राम बिजय महतो कहाँ छन् र के गर्दै छन् नगरबासीले खोज तलास गर्न थालेका छन् । स्थानीयबासी भन्छन्–‘बलवा नगरपालिकामा मेयर पनि छन् ?’

हुनत महोत्तरी जिल्लाका अधिकांश स्थानीय सरकार प्रमुखहरुको यस्तै अवस्था छन् तर त्यसमा बलवा नगरपालिका भने शिर्ष स्थानमा पर्ने गरेको छ । बलवा नगरपालिकाका मेयरमा राम विजय महतो बिजयी भएर आए पनि केही दिन सव ठिक ठाक रहे पनि गत आर्थिक बर्षको हरहिसाव फर्छयोट भए पछि उनी कहा छन् भनेर सवैले खोज तलास गर्न थालेका छन् ।

गत आर्थिक बर्षको हर हिसाव फर्छयोट भएर हर हिसाव क्लियर गराएर उनी पालिका भन्दा बढी मस्तिमै व्यस्त रहने गरेको स्थानीयबासीहरुको आरोप छ । कार्यालय बन्द हुने बेलामा कहिले काही कसैले मेयर आएको हेर्ने गरेका छन् तर उनी दिन प्रतिदिन स्थानीयबासी संग टाढिदै गएको स्थानीयबासीहरुको आरोप छ ।

कुन बेलामा कार्यालयमा आउँछ र जान्छ त्यसको कुनै हरहिसाव छैन् । मेयरको क्रियाकलापले बलवा नगरबासी आजिज भएका छन् । जनताको गुनासो सुन्ने कुरै छोरौ नाउँकालागि बनाइएको न्यायीक समिति पनि कहिल्यौ सञ्चालन हुँदैन् । बलवा नगरपालिकाका उप–मेयर रामदुलारी देवीले भर्खरै न्यायिक समिति सञ्चालनमा आएको र शुक्रबारको मात्रै न्यायिक समिति सञ्चालन हुने गरेको जानकारी दिइन् । उनी भन्छन्–‘यस आर्थिक बर्षमा एउटा मुद्दा फर्छयोट हुन सकेको छैन् । अन्य दिन मुद्दा दर्ता हुने तर, न्यायिक इजलास मात्र शुत्रबारको लाग्ने गरेको छ ।’

बलवा नगरपालिकाका मेयर महतोको सुस्तीकै कारण अहिले सम्म पालिकाको रेडबुक समेत बन्न सकेको छैन् । बलवा नगरपालिका महोत्तरी जिल्लाको त्यो पालिका हो जो महालेखा परीषकको प्रतिवेदन अनुसार महोत्तरी जिल्लामै सवै भन्दा बढी बेरुजु ठहर भएको पालिका हो ।

मेयरले आफ्ना कार्यकर्ताको भरण पोषण गर्न तथा आफ्ना आसेपासेलाई विकास निर्माण देखि लिएर बाड्ने गरेको काममा भएको अनियमितताकै कारण सवै भन्दा बढी बेरुजु ठहर भएको पालिका हो ।

बलवा नगरपालिकामा देखिएका बेतिथि तथा अनियमितताको चाँग लाई रोक्न भने मेयरले कदम उठाउनुको साटो मस्तिमा दिन वितित गर्दै आएको देखेर भएपनि स्थानीयबासीहरु चकित छन् । महोत्तरीकै अन्य पालिकाहरुले जाडोमा विपद् व्यवस्थापन देखि लिएर आम जनतालाई सरकार भएको अनुभूति दिलाउन कुनै कसर बाँकी नराखेको बेला पनि बलवाका मेयर महतो कहाँ छन् भने स्थानीयबासीहरु खोजि गरिरहेका छन् ।

गाउँ गाउँमा सिंहदरबारको परिकल्पना गरेर स्थानीय तह गठन गरिए पनि बलवा नगरपालिकाका मेयर महतोको कामकारवाहीले त्यहाँका स्थानीयबासीहरु भने चिन्तित बनेका छन् ।

प्रकाशित मिति: २०८१ माघ २५, शुक्रवार ११:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको