जनकपुरधाम, माघ २६ । जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले सत्ता संग अध्यादेश नसाटिने बताउनु भएको छ ।
मधेश टुडे संगको कुराकानीमा प्रवक्ता सुमनले जसपा नेपाल देश र मधेशको अहित हुने गरि सत्ता संग अध्यादेश नसाटिने बताउनु भयो ।
अध्यादेशका त्रुटिहरु छर्लङ्ग रहेको उल्लेख गर्दै प्रवक्ता सुमनले भन्नु भयो , ‘ अध्यादेश सही नै रहेको भए, राष्ट्रपति ज्युले केही दिन किन रोक्नु भयो, त्यही बाट प्रष्ट हुन्छ, समस्या छ , यथा स्थितिमा हामी स्वीकार गर्दैनौ ।’
अध्यादेशमा सहमति जनाउदै सरकारमा जाने कुरामा कुनै सत्यता नरहेको उल्लेख गर्दै प्रवक्ता सुमनले भन्नु भयो,‘ पार्टी अध्यक्ष उपेन्द्र यादवज्युले प्रधानमन्त्री र काँग्रेस सभापति संग कुरा गर्नु भएको छ । तर त्यसमा सरकार बारे कुनै कुरा भएको छैन । बाहिर आएका हल्लाहरु निराधार हुन । जसपा लाई बदनाम गराउने कुप्रयास मात्र हुन ।’
अध्यादेश बारे कार्यदलले प्रतिवेदन बुझाई सकेको उल्लेख गर्दै उहाँले संसदको कार्यसूचिमा प्रवेश पाए लगतै पार्टीको आधिकारिक धारणा आउने बताउनु भयो ।




