काठमाडौं, माघ २८ । दलित अभियन्ता खगेन्द्र सुनार संसद भवन प्रवेश गर्न खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
अन्तरजातीय विवाहित जोडी सत्येन्द्र र नेहाको न्याय माग्दै सोमबार दिउँसो संसद भवन प्रवेश गर्न खोज्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनी घाँटीमा नेल लगाएर संसद भवन प्रवेश गर्न खोज्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी विश्व अधिकारीले दिए ।
एसएसपी अधिकारी अनुसार खगेन्द्रलाई प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । ‘निषेधित क्षेत्र तोड्न खोजिएकाले उहाँलाई नियन्त्रणमा लिएका हौं,’ उनले भने ।




