संसद् भवन भत्काएर देखाउन मेयर साहलाई सांसद अमरेशको चुनौती



काठमाडौँ, माघ २८ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई संघीय संसद् भवन भत्काएर देखाउन चुनौती दिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

सांसद साहले कवाडी व्यवसायीमाथि दमन गरिरहेको उल्लेख गर्दै उक्त कार्य रोक्न सरकारको ध्यानाकर्षणसमेत गराए । उनले मेयर शाह तानाशाह भएर निस्किएको बताउँदै उनी नागरिलाई एकठाउँबाट अर्को ठाउँमा गएर बस्न पाउने संवैधानिक हकको विरुद्धमा लागेको आरोप लगाए ।

उनले भने, ‘बालेनलाई म चुनौती दिन चाहन्छु, हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ, सिंहदरबार भत्काएर देखाऊ, राम शाह पथको सर्वोच्च अदालत भत्काएर देखाऊ । हिम्मत छ भने बालुवाटार र राष्ट्रपति निवास शीतल निवास भत्काएर देखाऊ ।’

उनले मेयर शाहको शैलीलाई ुनाजीवादु को संज्ञा दिदै यस्तो शैली यहाँ नचल्ने बताए । उनले भने ुम संघीय सरकारलाई आग्रह गर्न चाहन्छु यो देश बहुभाषिक हो बहुधार्मिक हो । यहाँ हरेक तप्काको एक ठाउँबाट अर्को ठाउँमा जाने, बोल्ने र बस्ने स्वतन्त्रता संविधानले दिएको छ । यो त लथालिङ्ग देशको भताभङ्ग चाला, जहाँ जसले सके त्यहीले खाला भयो । यो न्याय मरेको देश हो रु के कानून नभएको देश हो रु त्यो मेयर किन तानाशाह भएर निस्किएको छ रु’

प्रकाशित मिति: २०८१ माघ २८, सोमवार १५:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको