हेम प्रसाद पासवान
धनगढी, माघ २८ । सिराहा जिल्लाको धार्मिक तथा सांस्कृतिक धरोहर धनगढीमाई नगरपालिका–५ मोथियाहीस्थित राजदेवी मन्दिर परिसरमा बिहान भव्य कलश यात्रा सम्पन्न भएको छ ।
स्थानीय श्रद्धालुहरू, धार्मिक अभियन्ता, र विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा बाजागाजा, भक्ति गीत, तथा पारम्परिक नृत्यसहित भव्य रूपमा कलश यात्रा निकालिएको हो यो कलश यात्रा प्रत्येक वर्ष माघ महिनामा आयोजना हुने परम्परागत धार्मिक मेला तथा पूजाको एक महत्वपूर्ण अंग मानिन्छ ।
सिराहा जिल्लामा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने प्रमुख केन्द्रहरूमध्ये राजदेवी मन्दिर पनि एक हो। यो मन्दिर देवी भगवतीको आराधना गर्न विशेष रूपमा प्रसिद्ध छ ।
आजको कलश यात्रामा नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादव उप(मेयर संगिता चौधरी लगायत स्थानिय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरू, समाजसेवीहरू तथा अन्य प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। ।
राजदेवी मन्दिरमा प्रत्येक वर्ष लाग्ने मेलामा विविध धार्मिक तथा सांस्कृतिक गतिविधिहरू गरिन्छ। यस वर्षको मेलामा कुस्ती प्रतियोगिता, भजन कीर्तन, तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएका छन । मेलामा स्थानीय व्यापारीहरूले विभिन्न वस्तुहरू बिक्रीका लागि राखेका छन ।
राजदेवी मन्दिर परिसरमा सम्पन्न कलश यात्रामा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता देखिएको थियो उनीहरूले बाजागाजाका साथ कलश यात्रालाई ऐतिहासिक बनाउने प्रयास गरेका थिए ।




