चन्द्रनिगाहपुरमा सवारी दुर्घटना ५ जना घाइते



रौतहट, माघ २९ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित रहेको चाँदी पुल नजिक मंगलवार बिहान सवारी दुर्घटना हुदा ५ जना घाइते भएका छन्।

बिहान ८ः२० बजेको समयमा चपुरबाट सर्लाही तर्फ जाँदै गरेको ना ४ च ३६९४ नम्बरको स्कारपिओ र विपरीत दिशा बाट आउँदै गरेको बा प्र ०१–००६ ख ५७ २९ नम्बर को माल बाहक ट्रक एक आपसमा ठोकिदा दुर्घटना भएको हो।
दुर्घटनामा परि स्कार्पियोमा सवार स्थानीय मौलापुर नगरपालिका ३ का वर्ष २० को सुदीप कुमार यादवको टाउको मुख र निधारमा चोट, दुर्गा भगवती गाउँपालिका ५ का वर्ष १८ को प्रशान्त ठाकुरको बायाँ हात, दाहिने आखाको माथि चोट लागी घाइते भएको प्रहरीले जनाएको छ।

बौधीमाई नगरपालिका ३ मटिअर्वाका वर्ष २१ को रामविनय महतोको दाहिने हात र निधारमा चोट लागेको छ भने बौधीमाई २ का वर्ष १८ को प्रदीप कुश्वाहा निधार टाउको, कानमा चोट लागेको दुवै जनाको अवस्था मध्यम रहेको छ ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक बिशाल तामाङ्गले जानकारी दिएका छन्।

बारा सिम्रौणगढ नगरपालिका ७ का वर्ष २८ को संतोष कुश्वाहाको टाउको, चिउडोमा चोट अवस्था सिरियस रहेको जानकारी दिदै दुर्घटनामा परेको ट्रक र ट्रक चालक दोलखा जिरि नगरपालिका ४ बस्ने वर्ष २८ को फुरी तामाङ र स्कार्पियो इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक तामाङ्गले जनाएको छ।

प्रकाशित मिति: २०८१ माघ २९, मंगलवार ११:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको