अर्थमन्त्रीले सचिव र दुई विभागका महानिर्देशक फेरे



काठमाडौं, माघ २९ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थसचिव मात्रै होइन, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक पनि फेरेका छन् ।

सोमबार बसेको मन्त्रिरिषद् बैठकले आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई सामान्य प्रशासन मन्त्रालय तथा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।

यी दुई विभागका महानिर्देशकको जिम्मेवारी अहिलेसम्म कसैलाई तोकिएको छैन ।

मन्त्रिपरिषद् बैठकले अर्थसचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरी सो स्थानमा घनश्याम उपाध्ययलाई ल्याउने निर्णय गरेको थियो ।

त्यस्तै, अर्थ मन्त्रालयका सहसचिवहरु दीर्घराज मैनालीको सरुवा सूचना आयोगमा भएको छ भने नारायणप्रसाद रिसालको सरुवा गृह मन्त्रालयमा भएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल र राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्याल अर्थ मन्त्रालयमा भित्रिएका छन् ।

उनीहरूसहित १७ जना सहचिवको सरुवा मन्त्रिपरिषद्ले गरेको छ ।

प्रकाशित मिति: २०८१ माघ २९, मंगलवार १७:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको