आमसंचार प्राधिकरणका अध्यक्ष यादवको कार्यकाल पुरा



जनकपुरधाम, माघ २९ । आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवको कार्यकाल पुरा भएको छ । २०७७ माघ २३ को मधेश सरकार मन्त्रिपरिषदको निर्णय अनुरुप माघ २९ गते नियुक्त भएका यादव आफनो कार्यकाल पुरा गर्दै आज विदा भएका छन ।

कार्यकालको अन्तिम दिन आज प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि यादवले आफनो कार्यकालको प्रगति विवरण समेत सार्वजनिक गरेका छन ।

मधेश प्रदेशका संचारमाध्यम एवं संचारकर्मीहरुको हकहितलाई संरक्षणका गर्नुका साथै आम संचारको इजाजत, अभिलेखीकरण, अनुगमन नियमन सहितका कार्यलाई उनले आफनो कार्यकालको प्रगतिमा उल्लेख गरेका छन ।

नयाँ संरचनाको व्यवस्थापनमा खेप्नु परेका पीडाहरुलाई समेत सार्वजनिक गरेका यादवले यस क्रममा सम्बन्धित निकाय एवं क्षेत्रबाट पाएका सहयोगका लागि सबै पक्षलाई धन्यवाद समेत दिएका थिए ।

प्रकाशित मिति: २०८१ माघ २९, मंगलवार १९:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको