‘कृषि विश्वविद्यालयमाथि नीति आयोगका उपाध्यक्षको बक्रदृष्टि’



जनकपुरधाम, माघ २९ । कृषि सम्बन्धि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ मधेश सरकारले स्थापना गरेको मधेश कृषि विश्वविद्यालय जनमत सरकारको बक्रदृष्टिका कारण लथालिङ्ग बन्न पुगेको छ ।

तत्कालिन सरकार विश्वविद्यालयको भवन निर्माण एवं संचालनका लागि पर्याप्त रकम उपलब्ध गराए पनि वर्तमान सरकारले ती विश्वविद्यालयका का लागि आवश्यक रकम बजेटमा समावेश नगरेपछि विगत ८ महिना देखी विश्वविद्यालय लथालिङ्गको अवस्थामा पुगेको हो ।

सरकारले बजेट नै उपलब्ध नगराएपछि एक अरब ७० करोडको भवन निर्माण मात्र अलपत्र परेका छैनन । त्यहाँका कर्मचारीहरुले बिगत आठ महिना देखी तलब समेत पाएका छैनन भने पहिलो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको भविष्य समेत अन्धकारमा परेका छन ।
कृषि विश्वविद्यालय भवनको शिलान्याश जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गर्न नदिएका कारण जनमत पार्टीकै चाजोपाँजोमा विश्वविद्यालयलाई धाराशायी बनाउने काम भैरहेको त्यहाँका बासिन्दाहरुको आरोप छ ।

जनमत पार्टीले सरकारको नेतृत्व पाएपछि कृषि विश्वविद्यालयलाई धारासायी बनाउन नीति आयोगका उपाध्यक्ष सोहन साहको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । छानविनको नाउमा विश्वविद्यालयको संचालन खर्च समेत रोकिए पनि हाल सम्म ती समितिले कुनै प्रतिवेदन नत सार्वजनिक गरेको छ । नत सरकारलाई नै बुझाएको छ ।

सोमवार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै जसपा नेपालका प्रवक्ता एवं प्रदेश सभा सदस्य मनिष सुमनले नीजि कलेजलाई पृष्टपोषण गर्न कृषिविश्वविद्यालयलाई धारासायी गराउने प्रयास भै रहेको आरोप लगाएका छन ।

कृषिमा स्नातकको अध्यापन गराउर्दै आएका जनकपुर कम्युनिटी कलेजका संचालक समेत रहेका नीति आयोगका उपाध्यक्ष साह आफनो कलेजको हितलाई ध्यानमा राख्दै कृषि विश्वविद्यालयलाई धारासायी बनाउने प्रयास गरि रहेको आरोप उनको छ ।
उनि भन्छन ,‘ आठ महिना भयो छानविन समिति गठन भएको , खोइ त प्रतिवेदन , किन आएन प्रतिवेदन , यसले प्रमाणित हुन्छ की विश्वविद्यालयमा कुनै समस्या छैन । समस्या छ त इगो को , आफनो इन्ट्रेस्टको ।’

यस विषयमा नीति आयोगका उपाध्यक्ष सोहन साह संग कुरा गर्न खोज्दा उनको फोन उठन् सकेको छैन । तर जनकपुर कम्युनिटी कलेजका उपाध्यक्ष आशिष झाले भने कलेज स्थापनामा साहको संलग्नता रहेपनि हाल उनि कुनै पदमा नरहेको प्रतिक्रिया दिएका छन ।
साह कजेलको बोर्ड अफ डाइरेक्टर बाट अलग भएपनि जनमत पार्टीका सचिव विपि साहको श्रीमति ज्योत्सना क्रान्ति ९कर्ण०को संलग्नता अझै रहेको छ ।

प्रकाशित मिति: २०८१ माघ २९, मंगलवार ११:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको