काठमाडौं, माघ २९ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशन आज समापन हुँदैछ ।
काठमाडौंमा जारी प्रथम महाधिवेशनको बन्द सत्रबाट ‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा सोमबार संयोजक डा।बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको थियो ।
महाधिवेशनले आज नयाँ नेतृत्वको औपचारिक घोषणा गर्दैछ । पार्टीले समावेशी समानुपातिक सिद्धान्तका आधारमा ९९ सदस्यीय केन्द्रीय समिति चयन हुने गरी विधान संशोधन गरेको छ । राजधानीमा जारी महाधिवेशनले सोमबार प्रत्यक्ष निर्वाचिन ९० र मनोनीत ९ रहेको केन्द्रीय समिति हुने गरी विधान पारित गरेको हो ।
दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम र धार्मिक, यौनिक तथा जातीय भाषिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति छनोटको आधार तय गरिएको छ । केन्द्रीय समिति अध्यक्ष खुला निर्वाचन प्रणालीबाट निर्वाचित हुने र पदाधिकारीको संख्या ११ हुने विधानमा उल्लेख छ ।
उपाध्यक्ष ५ मध्ये १ महिला, १ खसरआर्य, जनजाति, उपाध्यक्ष १ मधेसीरथारू, १ दलित हुनेछन् । नेपाल समाजवादी पार्टीको महासचिव १ खुला निर्वाचन प्रणालीबाट निर्वाचित हुने प्रावधान राखिएको छ । सचिव ३ मध्ये २ खुला र सचिव १ महिला चयन हुनेछन् ।
नयाँ शक्तिको एक जना कोषाध्यक्ष खुला निर्वाचन प्रणालीबाट निर्वाचित हुने विधानमा व्यवस्था छ ।




