दोस्रोपटक भूकम्पको धक्का महसुस



काठमाडौँ, माघ ३० । जुम्लामा बुधबार लगातार दोस्रोपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो ।

पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो । यसअघि आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्ला नै केन्द्रविन्दु भएर भूकम्प गएको थियो । उर्थु चौतारा केन्द्रविन्दु रहेको सो भूकम्पको तीव्रता ३.८ म्याग्निच्युडको थियो ।

 

प्रकाशित मिति: २०८१ माघ ३०, बुधबार १६:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको