भूमि अध्यादेशको विपक्षमा लोसपा पनि



जनकपुरधाम, माघ ३० । जनता समाजवादी पार्टी (जसपा) नेपाल भूमि सम्वन्धी अध्यादेशको विरोध गरिरहँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि विरोध गरेको छ । भूमि अध्यादेशले मधेशलाई मरुभूमि बनाउने र औपनिवेशिक करण गर्ने राज्य सत्तापक्षको योजनालाई असफल तुल्याउन लोसपाले यस अध्यादेशको विरोधमा उत्रेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्–‘वर्तमान सरकारले ल्याउन लागेको भूमि सम्बन्धि अध्यादेश प्रति हाम्रो ध्यानाकर्षण भएको छ । यस अध्यादेशको अन्तर्यको अध्ययन गर्दा समग्रमा अत्यन्त गरीब र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाई, राजवंशी, रानाथारु लगायतका पूर्णरुपमा कृषिमा आधारित गरीब समुदायलाई यसको उपलब्धिको दायराबाट बंचित राखिने तथा यो अध्यादेशले वन/फडानि र अवैध कब्जा गर्ने प्रवृक्तिलाई बढावा दिने हाम्रो ठहर छ। समग्रमा यो अध्यादेश जनताको हित विपरित भएको हाम्रो स्पष्ट धारणा छ ।’

अध्यक्ष ठाकुरले अगाडि भनेका छन्–‘ यस्तो अवस्थामा लोसपा नेपालले यस अध्यादेशलाई यथास्थितिमा समर्थन गर्न नसक्ने निर्णय लिएको व्यहोरा सम्बन्धित सबैको जानकारीकोलागि अनुरोध छ ।’

मधेश केन्द्रीत दलहरु मध्यये जसपा नेपालले पहिला देखिनै यस अध्यादेशको विरोध गर्दै आइ रहेको थियो । सरकारले बदनियतपूर्ण तरिकाले यो अध्यादेश ल्याई मधेशका चुरिया क्षेत्रमा अव्यवस्थित बसोबास बढाउन चाहेको मधेश केन्द्रीत दलहरुको बुझाई छ ।

अध्यादेश जारी भएपछि मधेश प्रदेशका करिव एक सय हेक्टर जंगल विनास गरी अव्यवस्थित बसोबास बढाउन चाहेको ती दलहरुको बुझाई छ । जंगल विनास भएपछि मधेश प्रदेशमा खानेपानी देखि सिँचाई सम्मको समस्या हुन सक्ने र अनावृटि तथा अतिवृटि आउन सक्ने सम्भावनालाई मध्य नजर गर्दै दुवै पार्टी अध्यादेशको विरोधमा उत्रेको छ । लोसपा वर्तमान सरकारका घटक राजनीतिक पार्टी पनि हो ।

प्रकाशित मिति: २०८१ माघ ३०, बुधवार १८:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको