मेयरदासका छोराल कुटे प्रशासकीय अधिकृत, सुरक्षा र कारबाहीको मांग गर्दै प्रशासनमा उजुरी



जनकपुरधाम, माघ ३० । धनुषाको विदेहनगर नगरपालिकाका प्रमुख बेचन दासको छोराले प्रशासकीय अधिकृत ई. दीपेन्द्रकुमार साहमाथि कार्यकक्षमै कुटपिट गरेका छन । मेयर दासका छोरा रामभजन दासले सोमबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत साहमाथि कुटपिट गरेका हुन ।

घटनापछि प्रमुख प्रशासकीय अधिकृत साहले शान्तिसुरक्षा र दोषी उपर कारबाहीको मांग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएका छन् । मेयर दासले समेत प्रहरीको उपस्थितिमा आफूलाई गोली हान्ने धम्की दिएको भन्दै प्रशासकीय अधिकृतले कुटपिट गर्ने तथा धम्की दिने मेयर र उनका छोरालाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन ।
प्रमुख प्रशासकीय अधिकृतका अनुसार, शिक्षा सेवा आयोगबाट सिफारिस भएकी नि.मा.वि. सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराउँदा मेयरका छोरा रामभजन दास असन्तुष्ट बनेका थिए।

सोमबार सोही विषयलाई लिएर रामभजनले गालीगलौज, धाकधम्की तथा कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृतको गुनासो छ ।

प्रहरी, विदेह नगरपालिका–०७ का वडाध्यक्ष लगायतकै उपस्थितिमा मंगलबार बिहान साढे ११ बजे मेयर दासले गाली गर्दै मलाई गोली हान्ने धम्की दिएको भन्दै प्रशासकीय अधिकृत साहले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन । ‘प्रमुख प्रशासकीय अधिकृतको रुपमा अर्को व्यवस्था नहुन जेलसम्म सुरक्षा साथ काम गर्ने वातावरण मिलाउन अनुरोध छ,’ निवेदनमा उनले भनेका छन्।

 

प्रकाशित मिति: २०८१ माघ ३०, बुधवार ०८:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको