
जनकपुरधाम, फागुन १ । नेपाली कांग्रेसका दिग्गज नेता राम सरोज यादव शेखर कोइराला गुटमा पुगेका छन् । पूर्व उपसभापति विमलेन्द्र निधि सभापतिमा निर्वाचन लड्ने तयारी गरिरहेको बेला मधेश प्रदेशका पूर्व सभापति समेत रहेका प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री रामसरोज यादव कोइराला गुटमा पुगेका छन् ।
पूर्व उपसभापति निधिका प्रिय मानिएका रामसरोज कोइराला गुटमा पुगेपछि उनी धनुषा जिल्लामै अल्पमतमा परेका छन् । पूर्व उपसभापति निधिबाट पहिलानै पार्टी सह–महामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरु आनन्द प्रसाद ढुङ्गाना, रामकृष्ण यादव, चन्द्रमोहन यादव लगायतका नेताहरु छुटि सकेका छन् ।



यस भन्दा पहिलाको महाधिवेशनमा पूर्व उपसभापति निधिलाई रामसरोजले खुलेरनै समर्थन गरेका थिए । तर, उनी पछि शेरवहादुर देउवालाई समर्थन गरेपछि रामसरोज असन्तुष्ट भएका थिए । प्रदेश अधिवेशनमा कोइराला गुटवाटै चुनाव लडेका यादव देउवा गुटका कृष्णप्रसाद यादवबाट पराजित भएका थिए । स्रोतका अनुसार त्यतिवेला पनि देउवा गुटबाट यादवलाई सभापतिमा चुनाव लड्न प्रस्ताव आएको थियो तर, उनी नेता निधिका कारण देउवा गुटमा गएका थिएन् ।
नेता निधिका गृह जिल्ला धनुषाकै अधिकांश केन्द्रीय नेताहरु उनलाई छाडि सकेको अवस्थामा नेता यादवले पनि उनको साथ छाडेपछि पार्टी भित्र व्यापक चर्चा परिचर्चाको विषय बनेको छ । जिल्ला देखि केन्द्र सम्मको नेताहरु नेता निधि संग अहिले जिल्ला अध्यक्ष बाहेकको भने समर्थन देखिदैन् ।

नेता निधिको साथमा भने महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्साका अधिकांश नेताहरु छैन् । मधेश प्रदेशमै सभापति देउवा र वरिष्ठ नेता कोइराला गुट देखिएको छ ।
मिसन २०८४ र महाधिवेशनको संयुक्त तयारीमा रहेका नेपाली कांग्रेसका नेताहरुमा देखिएका गुटबन्दीले पूर्व उपसभापति निधिलाई व्यापक नोक्सानी बेहोर्नुपर्ने अवस्था देखिन्छ ।
रामसरोज यादव प्रदेश सभापतिमै निर्वाचन लड्ने तर कोइराला गुटबाट स्रोत भन्छन्–‘पूर्व उपसभापति गृह जिल्लामै अल्पमतमा छन्, रामसरोज जीलाई पटक पटक प्रयोग गरी आफ्नो राजनीतिक स्वार्थ सिद्ध गरेका छन्, अव त्यो हुँदैन् ।’