अबैध होस्पिटल संचालन गर्ने रामभरोषी पक्राउ



जनकपुरधाम, फागुन १ । अबैध अस्पताल संचालन गरेको आरोपमा जनकपुरधामबाट एक जना अस्पताल संचालक पक्राउ परेका छन ।

जनकपुरधामको भ्रमरपुराचोकमा जनकपुर मोडर्न अस्पताल संचालन गर्दै आएका रामभरोषी महतोलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

विना दर्ता अस्पताल संचालन गर्दै रोगीहरुलाई ठग्दै आएको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
म्ुख्यमन्त्री सतिश कुमार सिंहले अनुगमनको क्रममा दर्ता नरहेको अस्पतालहरुलाई मापदण्ड पुरा गरि दर्ता नगराए सम्म संचालनमा नल्याउन निर्देशन दिदै साँचो हस्तानतरण गर्न भनेका थिए । तर उनको
अस्पतालले आज साँझ पाँच बजे नयाँ विरामी भर्ना गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: २०८१ फाल्गुन १, बिहीबार १९:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको