लागुऔषधजस्तो देखिने पदार्थसहित दुईजना नियन्त्रणमा



काठमाडौं, फागुन १ । सशस्त्र प्रहरी बलले पोलाइन्ड नामक लागुऔषध जस्तो देखिने पाँच किलो पदार्थसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार दिउँसो काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ६ जोरपाटी नयाँ बस्तीबाट सशस्त्र प्रहरी बलले दुईजनालाई नियन्त्रणमा लिएको हो ।

इन्टेलिजेन्स ब्युरोको सुचनाको आधारमा स्थानीय एक होटलबाट प्लास्टिकले प्याक गरिएको अवस्थामा ५ किलोग्राम उक्त पदार्थसहित पक्राउ पर्नेमा सिन्धुली जिल्ला घर भई गोकर्णेश्वर नगरपालिका– ६ नयाँबस्ती बस्ने ३० वर्षीय र रामेछाप जिल्ला मन्थली नगरपालिका –१४ का २४ वर्षीय युवक छन् । उनीहरूको पहिचना खुलाइएको छैन ।

सशस्त्र प्रहरी बलले दुवै युवकसँगै स्कुटर र मोटरसाइकल पनि नियन्त्रणमा लिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: २०८१ फाल्गुन १, बिहीबार १७:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको