मलंगवा, फागुन १ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारबाट बाहिरिने चेतावनी दिएका छन ।
लोसपा सर्लाहीले आज आयोजन गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सरकारले ल्याएककोे भूमि सम्बन्धी अध्यादेश मधेश विरोधी रहेकोे भन्दै सरकारले फिर्ता नलिए नैतिकताको हिसावलले सरकारमाथि दवाव बढाउन संघ र प्रदेश सरकारबाट बाहिरिने चेतावनी दिएका हुन।
अध्यक्ष ठाकुर हिजो मात्रै भूमि सम्बन्धि अध्यादेश मधेश विरोधी रहेको भन्दै सो अध्यादेशमा समर्थन नगर्ने जनाएको थियो । लोसपा बाट संघ सरकारमा शरदसिंह भण्डारी र मधेशसरकारमा रानीशर्मा तिवारी सहभागी छन ।
जनता समाजवादी पार्टी नेपालले भूमि सम्बन्धि अध्यादेशको विपक्षमा बस्ने निर्णय गरेकोका एक दिन नवित्दै लोसपाले पनि अध्यादेशको विरोध गर्ने निर्णय गरेको थियो । उपेन्द्रको निर्णय लगतै लोसपा माथि पनि दवाव परेको थियो भने अहिले सरकार छोडन समेत दवाव पर्न थालेको छ ।




