सार्वजनिक सुनवाई कार्यक्रमा चर्काे रुपमा उठ्यो विटौरी जग्गाबाहकलाई लालपूर्जाको माग



राजविराज, फागुन १ । राजविराज नगरपालिकाद्वारा आयोजना गरीएको सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नागरिक अगुवाहरुले नगरक्षेत्रमा विटौरी जग्गाबाहकहरुको समस्या समाधान गरी अबिलम्व लालपुर्जा प्रदानको व्यवस्थाका लागी पहल गर्नू पर्ने माँग जोडदाररुपमा उठाएका छन ।

७ वर्ष पछि नगरपालिकाले आयोजना गरेको नगरपालिकाबाट संचालित आयोजना कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धि सम्बन्धि “सार्वजनिक सुनवाई कार्यक्रम”का सहभागी वक्ताहरुले पुस्तौ देखी वसोवास गर्दै आएका ५ हजार भन्दा बढी विटौरी जग्गा बाहकहरुले हाल सम्म लालपूर्जा पाउन नसक्दा समस्यामा परेको भन्दै त्यसको समाधान नखोजिए आन्दोलन चर्काउने चेतावनी समेत दिए । कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका राजविराज नगरपालिकाका पूर्व मेयर अनिस अन्सारीले नगरको मुख्य बजार क्षेत्रमा वसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवार लालपूर्जा आफनो नाममा नरहेको तथा नक्शा पास समेत रोकिदा समस्यामा परेको बताए ।

जग्गा वापत नगरपालिकाबाट पाएको रसिदमा उल्लेखित जग्गा बैंक तथा वित्तिय संस्थामा धितो राखी ऋण कर्जा लिएर ब्यापार व्यवसाय गर्दै आएकोमा हाल सो सेवा सुविधा राज्यपक्षबाट बन्द गरिदा उनीहरु समस्यामा परेको उनले बताए । उनले नगरपालिकाको नेतृत्व गर्नेहरुले उक्त समस्या समाधानमा गम्भिरता नदेखाए आफनै अगुवाईमा नगरपालिकामा तालाबन्दी, बजार बन्द र चक्काजाम लगायतका कार्यक्रम अघि बढाइने चेतावनी समेत दिए ।

नेपाली काँग्रेसका यूवा नेता इरसाद अन्सारीले विटौरी जग्गाको वर्षाै देखि कर लिने गरेको राजविराज नगरपालिका तथा सम्बन्धित कार्यालयले नक्शा पास र लालपुर्जा उपलब्ध न गराउँदा बैकले पनि त्यस्तो जग्गा स्वीकार गर्न नमानेकाले यहाँको व्यापार व्यवसाय चौपट हुनुका साथै शिक्षा, उपचार लगायतका कार्य समेत प्रभावित बन्न पुगेको भन्दै अविलम्ब यसको समाधान न खोजिए केही दिन भित्रै संघर्षका कार्यक्रमहरु घोषणा गरी आन्दोलन चर्काउने चेतावनी दिए । उनले निर्माणधिन राजविराज वसपार्क, हटिया कम्प्ल्येक्स, गजेन्द्रनारायण सिंह अस्पतालको भवन लगायतका संरचना निर्माण कार्य अबिलम्व पूरा गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्नू पर्ने माग समेत गरे ।

कार्यक्रममा प्रमुृख प्रशासकिय अधिकृत डा.श्रवण साहले नगरपालिकाको आ.व.२०८०/०८१ मा भएको तथा ०थ्८१/०८२ मा संचालनमा रहेको आयोजना बारे विस्तृत विवरण सार्वजनिक गरेका थिए ।

कार्यवाहक नगरप्रमुख इसरत परवीनको अध्यक्षता तथा जिल्ला सम्वन्य समिति सप्तरीका प्रमुख शिवनारायण साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला समन्वय अधिकारी कुन्दन कर्ण लगायतले पनि आ–आफनो सुझाव सहित धारणा राखेका थिए ।

 

प्रकाशित मिति: २०८१ फाल्गुन १, बिहिवार १८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको