जनकपुरधाम, फागुन २ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को उपाध्यक्षमा नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष उमेश साह निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वनदी विनक कुर्मीलाई ७५ मतले पराजित गर्दै मधेशी उपाध्यक्षमा निर्वाचित भएका छन् । उमेश साहले मधेशी उपाध्यक्षमा ३ सय ९५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी विनक कुर्मीले ३ सय २० मत प्राप्त गरेका छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् । हिजो सकिएको मतगणना अनुसार भट्टराई भारी मतले निर्वाचित भएका छन् ।
अध्यक्षका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले हराउँदै भट्टराई बिहीबार अध्यक्ष निर्वाचित भएका छन्।
भट्टराईले ७६१ मत प्राप्त गरे भने चापागाईंले ७३ मतमात्रै ल्याएको निर्वाचन समितिले घोषणा गरेको छ। भट्टराई ६८८ मतान्तरले विजयी भएका हुन्।
उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठा मगर र उमेश साह निर्वाचित भएका छन्। साथै उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध भएका थिए। महासचिवमा सोनामसिं स्याङतान निर्वाचित भए।






