जनकपुरधाम, फागुन २ । काँग्रेस एमालेको गठबन्धनमा निर्माण भएको केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकार माथि संकट मडारिन थालेको छ । सरकारमा रहेका र समर्थन गरेका दलहरु एक पछि अर्को गरि विच्किन थालेपछि ओलीका लागि सत्ता संकट बढदै गएको भान हुन थालेको छ ।
प्रतिनिधिसभामा दुई तिहाइको दम्भ देखाउदै ६ वटा अध्यादेश ल्याएको ओली सरकारलाई सहयात्री दलहरु नै चुनौती दिन थालेका छन ।
प्रतिनिधिसभामा झण्डै दुहाईको नेतृत्व गरेको ओली सरकारलाई राष्ट्रियसभामा समान्य बहुमतकै लागि कसरत गरि रहनु पर्दा सरकारलाई समर्थन गर्दै आएका जनता समाजवादी पार्टी नेपालले भूमि अध्यादेशमा समर्थन गर्न नसकिने जनाएपछि सरकारमाथिको संकट शुरु भएको हो । जसपाको विरोध लगतै लोकतान्त्रिक समाजवादीपार्टी समेत भूमि सम्बन्धि अध्यादेशमा समर्थन गर्न नसकिने जनाएको छ ।
सरकारले भूमि सम्बन्धि अध्यादेश फिर्ता नलिए सरकारबाट फिर्ता हुन सम्मको चेतावनीसमेत लोसपाले दिएको छ ।लोसपाको केन्द्र सरकार र मधेश सरकारमा एक एक जना मन्त्री छन । जसपाले यस अघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरि सकेको छ भने जनमत पार्टी र नागरिक उनमुक्ति पार्टीले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने संकेत गरेको छ । यी दुवै दलले प्रधानमन्त्री ओलीको कार्यशैली र सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाइरहेका छन ।
यी दलले समर्थन फिर्ता लिए ओली सरकार ढल्ने सम्भावना नभएपनि सरकारलाई पुनः संसद्बाट विश्वासको मत लिनु पर्ने अवस्थाको सृजना हुन्छ । र त्यसै बेलाका लागि काँग्रेस र एमाले दुबै एक अर्का प्रति सशंकित हुन थालेका छन ।
पछिल्लो केही दिन यता खास गरि काँग्रेसका जिम्मेवार नेताहरुको फेरिएको बोलीले दुबै दलका नेताहरु सशंकित हुन थालेका हुन ।
एमालेका नेताहरुले सरकार कुनै पनि हालत नढल्ने दावी गरि रहदा काँग्रेसका नेताहरुको बोलीले शंका गर्ने ठाँउ जन्माएको छ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेश ल्याउदा सत्ता गठबन्धनमै रहेका दलहरुलाई विश्वासमा लिन नसक्नु ठुलो गल्ती भएको स्वीकार गर्छन । उनि अहिलेको अवस्थाको सृजनामा प्रधानमन्त्रीनै दोषी रहेको सकेत समेत गरेका छन । एक संचारमाध्यम संग कुरा गर्दै शर्माले भनेका छन ,‘ अध्यादेश सबैको हुनु पथ्र्यो तर त्यो देखिएन, शुरुमै सत्ता गठबन्धनमा रहेको सबैलाई विश्वासमा लिन सकिएको भए यो अवस्थानै आउने थिएन । ’
काँग्रेका अर्का महामन्त्री गगन थापाले यो सरकार काँग्रेसले बनाएको नभई परिस्थितिले बनाई दिएको टिप्पणी गरेका छन। उनले सरकार नढल्ने दावी गरि रहेपनि परिस्थितिले बनाएको सरकार अर्को परिस्थितिले ढल्ने संकेत समेत गरेको छ ।
सरकारलाई समर्थन गर्दै आएका साना दलहरुले समर्थन फिर्ता लिएर सरकारलाई विश्वासको मत लिने अवस्थाको सृजना भए सरकार संकटमा पर्ने राजनीतिक विश्लेषकहरुले टिप्पणी गर्न थालेका छन ।
कागँ्रेसकै कोइराला समूहले सरकारको आलोचना गर्न शुरु गरि सकेको अवस्थामा सरकारमाथि संकट नआउला भन्न सकिन्न ।
सत्ता संकटको वर्तमान अवस्थामा काँग्रेस एमालेका नेताहरु एक अर्का संग सशंकित हुन थालेका छन । अध्यादेश समर्थनको विषयमा भन्दै दुबै शीर्ष दलका नेताहरुले माओवादी संगको सम्वाद बढाए पछि एक अर्कामाथि शंका गर्न थालेका हुन । केही दिन अघि मात्र एमालेका शीर्ष नेताले माओवादी शीर्ष नेतालाई फोन गरेको प्रसंग सार्वजनिक भएको थियो । भने काँग्रेस नेताहरुले समेत माओवादी संगको सम्बाद बढाएको कुरासार्वजनिक भएको छ । दुबै शीर्ष दलले छुट्टा छुट्टै प्रतिपक्षी दलहरु संग सम्बन्ध बढाउने प्रयासलाई समेत सत्ता संकटको कडी संग जोर्न सकिन्छ ।




