एमाले दुर्घटनामा पर्छ : झलनाथ खनाल



काठमाडौं, फागुन २ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ को निर्वाचनमा एमाले दुर्घटनामा पर्ने बताएका छन ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही अवस्थाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने टिप्पणी गरेका छन । उनले देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरूले पुनरावलोकन गर्नु आवश्यक रहेको धरणा राखे । देशका सबै वामपन्थी एक हुनुपर्नेमा जोड दिए ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी काँग्रेसको पुच्छर बन्ने उल्लेख गर्दै खनालले ०८४ आउँदै गरेको भन्दै कांग्रेसले निर्वाचनका लागि राम्रो तयारी गरिरहेको उल्लेख गरे ।

यही ढाँचाबाट अघि बढे काँग्रेसले बहुमत ल्याउने सम्भावना रहेको बताउदै खनालले भने ,‘ ०८४ को लागि कांग्रेसले राम्रो तयारी गरेको देख्छु मैले । ०८४ मा कांग्रेसले यही नै ढाँचाबाट गयो भने बहुमत ल्याउने सम्भावना देख्छु । वामपन्थीले कल्पना नगरे पनि हुन्छ । म एक्लै बहुमत ल्याउँछु भनेर एमाले हिँड्दैछ । एमालेको एउटा खुट्टा हो की दुई वटा खुट्टा भाँचिने हो भन्नसक्ने अवस्था छैन । त्यो दुर्घटनामा पर्छ । यदि अहिले पनि वुद्धि छ भने देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरूले पुनरावलोकन गर्नु, गलत कुरा सच्याउनु, साझा कुरा खोज्नुपर्छ ।’

 

प्रकाशित मिति: २०८१ फाल्गुन २, शुक्रवार १९:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको