जनकपुरधामले कमजोर नेतृत्व पायो : पूर्व मेयर साह



जनकपुरधाम, फागुन २ । जनकपुरधाम उप–महानगरपालिकाका पूर्व मेयर लाल किशोर साहले जनकपुरधाम उप–महानगरपालिकाले कमजोर नेतृत्व पाएको टिप्पणी गरेका छन् । जनकपुरधाम उप–महानगरपालिकाका सामुदायिक विद्यालयहरुमा शिक्षक कर्मचारीहरुले गरेको तालावन्दी तिर इङ्गिक गर्दै उनले नेतृत्व कर्ता कमजोर रहेकै कारण शैक्षिक संस्थाहरुको दुरावस्था भएको बताए ।

शव–ए–वरातको अवसरमा मदरसा नुरिया जनकपुरधाम–२३ ले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व मेयर साहले शैक्षिक संस्था जस्तो सम्वेदनशिल स्थानको समेत पहिचान गर्न नसक्ने, विकास निर्माणको कार्यमा व्रेक लगाउनु, पालिका अभिभावक विहीन हुनुले नेतृत्व कमजोर रहेको स्पष्ट भएको बताए । उनले भने–‘जनकपुरधामको बसहिया, ज्ञानकुप, रुपैठा लगायतका विद्यालय र यहाँका मदरसाको दुराअवस्था भएको छ ।’

‘आपूm मेयर हुँदा यहाँका प्राथमिक विद्यालय देखि मदरसा सम्ममा नियमित पठन पाठन र शिक्षालाई कसरी अगाडि बढाउन सकिन्छ भने सन्दर्भमा सर्वसाधारण देखि सम्वन्धित व्यक्तिहरुले चासो राख्ने गरेका थिए’ उनले भने–‘अहिले सवैले चासोनै राख्न छाडेका छन्, उनीहरुले प्रयास गरे तर, प्रयास गर्नेले चासो नलिदा उनीहरुले पनि चासो लिन छाडे, सवै लथालिङ्ग अवस्थामा छ ।’

शव–ए–बरातको अवसरमा मदरसा नुरियाले आयोजना गरेको रक्तदान कार्यक्रमले मुस्लिम समुदायले पनि परिवर्तनको अनुभूति गराएको उनले बताए । विगतका दिनहरुमा मुस्लिम समुदायले रक्तदान गर्नु हुँदैन् जस्ता प्रकारका कुरिति, कुसंगतिलाई चिर्दै जनकपुरधाम–२३ का मुस्लिम समुदायले गरेको कार्यलाई उनले प्रसंसा गरेका थिए ।

प्रकाशित मिति: २०८१ फाल्गुन २, शुक्रबार १०:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको