बलान विहुलले कार्यसम्पादन मूल्यांकनमा पहिलो



राजविराज, फागन ३ । सप्तरीको बलान बिहुल गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा जिल्ला पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पाद मूल्यांकनमा बलान बिहुल गाउँपालिका ५५.९ प्रतिशत अंक ल्याई जिल्लामै पहिलो स्थान प्राप्त गर्न सफल भएको हो ।

कुल १८ पालिका रहेको जिल्लामा ५१.८ प्रतिशत अंक ल्याई बोदेबर्साइन नगरपालिका दोश्रो तथा ४९.५ प्रतिशत अंक ल्याई सुरुङ्गा नगरपालिका तेश्रो स्थानमा रहेका छन् । कार्यसम्पादन मूल्यांकनमा जिल्लामै सबभन्दा कम अंक २९ प्रतिशत ल्याई तिलाठी कोइलाडी गाउँपालिका पुछारमा १८औं स्थानमा रहेको छ ।

आयोगले योजना छनौट, विनियोजित बजेट, त्यस्को कार्यान्वयन, राजस्व निर्धारण, राजस्व संकलन, लक्ष्य प्रगति, लेखापरिक्षण, योजनाको प्रभाव, कार्यालयको व्यवस्थापन, लेखा परिक्षण, बेरुजु लगायतका सूचकका आधारमा १०० पूर्णाङ्क कायम गरी आयोगले आर्थिक वर्ष सकिएपछि प्रत्येक वर्ष प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन नतिजा सार्वजनिक गर्ने गरेको छ । कार्यसम्पादनमा जिल्लामै प्रथम हुन सफल भएपछि गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले सबैको साथ र सहयोग तथा आफ्नो इमान्दारीता पूर्ण प्रयासका कारण यस्तो सफलता मिलेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: २०८१ फाल्गुन ३, शनिवार १८:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको