जनकपुरधाम, फागुन ३ । विवादित बनेको भूमि सम्बन्धि अध्यादेश पारित गराउन सत्ता गठबन्धन विकल्पको खोजी शुरु गरेको छ । अध्यादेश पारित गराउन प्रतिनिधिसभामा काँग्रेस एमाले संग पर्याप्त संख्या रहेपनि राष्ट्रीयसभामा अल्पमतमा परेका कारण विकल्पको खोजी शुरु गरेको हो ।
राष्ट्रियसभामा बहुमत पु¥याउन जनता समाजवादी पार्टी नेपालको समर्थन अपरिहार्य रहेको अवस्थामा जसपा नेपालले भूमि सम्बन्धि अध्यादेश मधेशको लागि अहितकर रहेको भन्दै समर्थन नगर्ने निर्णय गरेपछि सरकार संकटमा परेको बेला विकल्पको खोजी शुरु गरेको हो ।
जनता समाजवादी पार्टी नेपालले भूमि सम्बन्धि अध्यादेशले मधेशको चुरे र बनजंगल विनास भई मधेश नै मरुभूमिमा परिणत हुने, मधेशीहरु नै अल्पमतमा पर्ने तथा भूमाफियाहरुको रजगज बढने भन्दै विपक्षमा बस्ने निर्णय गरेको थियो । त्यसको लगतै लोकतान्त्रिक समाजवादी पार्टीले समेत भूमि सम्बन्धि अध्यादेशको समर्थन गर्न नसकिने बरु सरकार छोडने चेतावनी दिएका छन । सत्तामै रहेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी समेत विरोध गर्न थालेपछि विधेयक जसरी पनि पारित गराउन काँग्रेस एमाले विकल्पको खोजी शुरु गरेको नेताहरुले बताएका छन ।
विधेयक बारे छलफल गर्न नेपाली काँग्रेका सभापति शेरबहादुर देउवा पार्टीका शीर्ष नेताहरुको बैठक शुक्रवार बोलाएको थियो । त्यस बैठकमा राष्ट्रिय सभाबाट पारित गराउन जसपा नेपालको विकल्प खोज्ने बारे छलफल भएको एक नेताले मधेश टुडेलाई बताएका छन ।
जसपा नेपालले समर्थन नगरे त्यसको विकल्पमा विपक्षमा रहेका अन्य दलहरु संग छलफलको प्रयास थाल्ने निर्णय भएको ती नेताले बताए ।
प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्रले कुनै पनि हालतमा समर्थन नगर्ने अवस्थामा नेकपा एकीकृत समाजवादी संगको सम्बादलाई अघि बढाउने निर्णय काँग्रेसले गरेको छ । काँग्रेसले नेकपा एसका नेता माधवकुमार नेपाललाई मनाउनका लागि राष्ट्रियसभामा काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलालाई जिम्मेवारी दिएको छ ।
यता नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यादेश जसरीपनि पारित गराउने बताउन थालेका छन । शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आईसीटी आधारित उद्यमशिलता ः आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकल्प प्रयोग गरेर भए पनि अध्यादेशलाई पारित गर्ने बताएका हुन ।
हामी त्यसलाई जसरी पनि टुंग्याउँछौँ । कसैले विरोध र्गयो भनेर त्यसले रोकिनेवाला छैन । अनेक विकल्पहरू छन् । विकल्प प्रयोग गरेर भए पनि हामी त्यसलाई राज्यको कानुनमा ढालिहाल्छौँ,ू उनले भने ।
काँग्रेस एमालेका नेताहरुको प्रतिक्रियाले मुलुकमा ठुलै राजनीतिक चलखेल हुने संकेत गरेको छ । एक पक्ष पास हुन नदिने अडान लिएका छन भने अर्कोपक्ष जसरी पनि पास गराउने रणनीति अख्तियार गर्न तयार भएका छन ।




