जनकपुरधाम, फागुन ४ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा जनकपुरधाम उप–महानगरपालिका धनुषा जिल्लाका गाउँ पालिकाहरु भन्दा पनि कमजोर देखिएको छ ।
आयोगले विभिन्न १७ वटा सूचक राखेर १०० पूर्णाङ्कमा गरेको कार्यसम्पादन मूल्याकंनमा धनुषाको १८ वटै स्थानीय तह मध्ये हंसपुर नगरपालिका ४६.५ अंकका साथ अग्रस्थानमा रहेका छन् भने क्षिरेश्वर नगरपालिका २९.८ अंकका साथ सवै भन्दा पुछारमा रहेका छन् ।
जनकपुरधाम उप–महानगरपालिकाले ३५.८ अंक पाएका छन् भने उप–महानगरपालिका भन्दा बढी यहाँका गाउँपालिकाहरुले अंक पाएको छ । मुखिया पट्टि मुसहरनिया गाउँपालिका ४५.४ अंकका साथ दोस्रो स्थानमा छन् जनकनन्दिनी गाउँपालिका ४५.२ अंकका साथ तेस्रो स्थानमा छन् । यहाँ जनता समाजवादी पार्टी (जसपा) नेपालका जयकुमार यादव र विपिनदेव यादव मेयरमा निर्वाचित छन् ।
त्यस्तै उप–महानगर संग दाज्नै पर्यो र गाउँपालिकाकै कुरा गर्ने हो भने धनौजी गाउँपालिका (३८.६), औरही गाउँपालिका ४३.१, लक्ष्मीनिया गाउँपालिका ४२.३, वटेश्वर ४२.५ अंक प्राप्त गरेका छन् ।
त्यस्तै गणेशमान चारनाथ नगरपालिका ३४.३, धनुषाधाम नगरपालिका ४६.५, मिथिला नगरपालिका ३८.३, मिथिला विहारी नगरपालिका ३८.७, सवैला नगरपालिका ३४.७, शहीद नगरनगरपालिका ३९, कमला नगरपालिका ४२.३, विदेह नगरपालिका ४२.५ र नगराइन नगरपालिका ३८.६ अंक प्राप्त गरेको छ ।






