काठमाडौँ, फागुन ७ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव कतार प्रस्थान गरेका छ ।
नेपाली समाज कतार, मधेश प्रदेश समन्यव परिषद् कतार तथा उक्त परिषद्अन्तर्गत कतारमा रहेका विभिन्न संघ संस्थाले आयोजना गर्ने होली महोत्सव, रमादान पर्व, शुभकामना अदान प्रदान कार्यक्रममा भाग लिन उनी आज कतार प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
मधेश प्रदेश समन्यव समिति कतारको चौथो स्थापना दिवस पनि त्यहाँ हुनेछ । उक्त कार्यक्रममा पनि उनी सहभागी हुने बताइएको छ ।
फागुन १२ गते दुबई हुँदै साँझ हिमालय एयरलाइन्सको विमानबाट यादव स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।






