बसको ठक्करबाट साइकलयात्रीको मृत्यु



काठमाडौं, फागुन ७ । काठमाडौं महानगरपालिका–१ जमलस्थित विश्वज्योति हलअगाडि बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५६ वर्षीय अम्बरबहादुर बोगटी छन् । ओखलढुंगा घर भई काठमाडौं डल्लु बस्दै आएका बोगटीलाई मंगलबार बा. ५ख ८७६१ नम्बरको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसका चालकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन ७, बुधवार १६:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको