काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छ्न । भारतको प्रयागमा चलिरहेको कुम्भ मेलामा सहभागी हुन देउवा विहीवार उता जान लागेका हुन् ।
इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने छ ।
उक्त कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन् । समिट अन्य देशबाट पनि वक्ताका रुपमा आमन्त्रण गरिएको छ ।
४५ दिन चलेर १४ फागुनमा कुम्भ मेला सकिँदैछ । यसअघि कांग्रेस महामन्त्री गगन थापा गंगामा स्नान गरेर फर्किएका थिए ।
प्रयागराजमा हुने कार्यक्रमका लागि देउवा उत्ता जान लागेपनि कार्यक्रमपछि दिल्ली समेत जाने स्रोतले जनाएकोछ ।
एमाले संगको गठबन्धनमा सरकार बनाएपछि भारतको संस्थापन पक्ष संग चिसिएको सम्बन्धलाई सुधार्ने प्रयासको रुपमा समेत यस भ्रमणलाई लिइएको काँग्रेस निकट स्रोतले जनाएको छ । एमाले काँग्रेसको गठबन्धनमा सरकारबने पछि दिल्ली पुगेकी परराष्ट्रमन्त्री आरजु देउवालाई भव्य स्वागत गरे पनि आरुजुको पछिल्लो भ्रमणलाई त्यति चाँसो नदिएपछि काँग्रेस संग दिल्लीको सम्बन्ध चिसिएको आकलन गर्न लागिएको छ ।
सोही चिसिएको सम्बन्धलाई पुनः सुधार गर्ने प्रयासको रुपमा देउवाले यस भ्रमणलाई लिएका छन । केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि हाल सम्म भारत सरकारले भारत भ्रमणको औपचारिक निम्तो समेत दिएका छैनन । ओलीलाई भारत भ्रमण गराउन आरजु देउवाले पटक पटक प्रयास गरे पनि सफल हुन सकेको छैन ।
भारत र नेपाल सरकार बीचको पछिल्लो सम्बन्ध राम्रो नरहेको चर्चा राजनीतिक वृतमा चलिरहेको बेला हुन लागेको देउवाको भ्रमणलाई चाँसोको साथ हेरिएको छ ।




