३६२ ग्राम ब्राउन सुगरसहित एक भारतीय पक्राउ



काठमाडौं, फागुन ७ । अवैध लागूऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बहराइच बस्ने ३१ वर्षीय विशाल अहमद रहेको प्रहरीले जनाएको छ । उनीबाट प्रहरीले ३६२ ग्राम ब्राउन सुगर बरामद गरेको छ । यो परिमाणको ब्राउन सुगर ठूलो मात्रा रहेको ब्यूरोका एक अधिकृत बताउँछन् ।

‘१ मिलिग्रामको हिसाबले किनबेच हुने ब्राउन सुगर अहिले बरामद भएको ठूलो परिमाण हो,’ एक अधिकृत भन्छन् ।

अहमल लागूऔषध सेवनका साथै बेचबिखन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनी नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषधको कारोबार गर्दै आएको सूचना लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले पाएको थियो । असई नवीनकुमार शाहीसहित टोलीलाई ब्यूरोले परिचालन गरेको थियो । असई शाहीको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अहमदविरुद्ध लागूऔषध कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन ७, बुधवार १७:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको