पुर्वराजाको सन्देशमाथि समीक्षा गर्दै राप्रपा



काठमाडौं, फागुन ८ । राष्ट्रिय प्रजातन्त्र पार्टी पुर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशको समीक्षा गर्न लागेको छ ।

पार्टीको नियमित छलफल गर्न तथा पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशको समीक्षा गर्न फागुन १५ गते पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बोलाएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

उनले भने, ‘ पार्टीको कार्यसम्पादन बैठक नियमित हो । तर पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशको पनि बैठकमा समीक्षा हुनेछ।’

पुर्वराजाले प्रजातन्त्र दिवसको पुर्वसन्धयामा पूर्वराजाले शाहले ‘हाम्रो त्यागलाई कमजोरी नठानियोस्’ भन्दै शुभकामना सन्देशमार्फत देश बचाउन आह्वान गरेका थिए। यसले राजावादी पार्टीहरूमा तरङ्ग ल्याइदिएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन ८, बिहिवार १५:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको