आफु जसपा नेपालमै छु : सरोज चौधरी



जनकपुरधाम, फागुन ९ । जनता समाजवादी पार्टी नेपालका भातृसंगठन समाजवादी युवा संघ नेपालका मधेश प्रदेश उपाध्उक्ष सरोजकुमार चौधरीले आफु जसपा नेपालमै रहेको बताएका छन ।

केही संचारमाध्यममा पार्टी परिवर्तन गरि अशोक राई नेतृत्वको जसपामा प्रवेश गरेको भनि आएको समाचार निराधार रहेको भन्दै चौधरीले समाचारको खण्डन गरेका छन ।

चौधरीले शुक्रवारविज्ञप्ति जारी गर्दै विगतमा संगै काम गरेका जसपाका शीर्ष नेताहरुलाई विहीवार भेट्न जाँदा भेटको क्रममा उनिहरुले गरेको सम्मानको फोटो राखेर पार्टी प्रवेश गरेको भनि अफवाह फैलाउनु खेद जनक रहेको जनाएको छ ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,‘ हिजो जसपाका केही शीर्ष नेताहरुलाई भेटघाट गर्ने क्रममा सम्मान गर्दाको समयमा लिएको फोटो राखि जसपा नेपाल निकट समाजवादी युवाका नेपालका उपाध्यक्ष जसपामा प्रवेश भनि समाचार प्रकाशन गर्नु एकदम खेदजनक रहेको र यस कार्यले सो नेताहरुपछि रहेको सम्मानमा अवश्यनै कमि भएको एवं आत्मियता समाप्त भएको छ ।’

प्रकाशित मिति: २०८१ फाल्गुन ९, शुक्रवार १९:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको