साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्ने षडयन्त्र गर्दै ओली  : माधव नेपाल



काठमाडौं, फागुन ९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तानाशाह लाद्ने प्रयास गरिरहेको आरोप लगाएका छन । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको दाबी गरे ।

उनले भने, ‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दैछ । दुई दलीयको नाममा एकदलीय तानाशाह लाद्ने सोच भन्दा भिन्न छैन । स(साना र प्रतिद्वन्द्वी पार्टीहरूलाई समाप्त पार्ने र अनेक किसिमले नियन्त्रण गरेर सिंगो देशमा तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ ।’

संविधान मिच्ने बानी परिसकेका व्यक्तिहरू कानून मिच्न पनि त्यति नै अग्रसर भएका छन् । संसदनको नियमदेखि विधिलाई नमान्ने, कसैले आलोचना गर्छ भने तीनिहरूको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन् ।

प्रकाशित मिति: २०८१ फाल्गुन ९, शुक्रवार १३:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको