चर्किदै पाथीभरा केबलकार विवाद



जनकपुरधाम, फागुन १० । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकारको विरोधमा जारी आन्दोलन चर्किदै गएको छ । सरकारले गठन गरेको वार्ता समिति र नो केबलकार पक्षबीचको छलफल निष्कर्षमा नपुगेपछि पहिचानवादीहरु पाथीभरा क्षेत्रमा पदयात्रा गर्ने भन्दै पुगेका पछि आन्दोलन थप चर्किन थालेको हो ।

नो केवल कार आन्दोलनका पक्षधरहरुले आन्दोलनलाई तीब्रता दिएपछि निर्माणका लागि ल्याइएका उपकरणहरु विहीवार रातिनै फिर्ता भएको छ । आफुहरु निर्माण अघि नबढाउने भन्दै जेसिबी लगायतका उपकरण फिर्ता ल्याउन सहमत भएपनिआन्दोलनरत पक्षधरहरु उनिहरुलाई निर्माण समाग्री हटाउन दिएका छन ।

नो केवलकार आन्दोलनका पक्षहरुले आन्दोलन सशक्त बनाउदै लगेपछि प्रदेश प्रहरी कार्यालयबाट समन्वयका लागि प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालको नेतृत्वमा टोली खटिएको हो । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजन अधिकारीका अनुसार दुवैपक्षसँग समन्वय गरेर अवस्था सामान्य बनाउनका लागि प्रदेशबाट टोली खटिएको हो । टोलीले पाथीभरा क्षेत्रको बस्तुस्थीति पनि अध्ययन गर्नेछ ।

ताप्लेजुङमा ‘नो केबलकार’ पक्षधरले केबलकार निर्माणको संरचनामाथि तोडफोड गरेका छन् । निर्माणस्थल कब्जामा लिन खोजेपछि प्रदर्शनकारी र सशस्त्र प्रहरीबीच दोहोरो झडपसमेत भएको स्थानीयले बताएका छन । सशस्त्र प्रहरीको टोलीले स्थिति नियन्त्रणमा लिन ७ राउण्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो ।

फुङ्लिङ–११ काफ्लेपाटीस्थित केबलकार निर्माणस्थलको बटम स्टेशननजिक डाँडामा मुक्कुमलुङ ताःसेप चुम्भोका संस्थाहरू र अन्तरदलीय राजनैतिक पार्टीहरूको पूर्वघोषित कार्यक्रमअन्तर्गत ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ आयोजना गरिएको थियो । पदयात्रामा आएकाहरूले केबलकार निर्माणस्थलमा रहेका निर्माण सामग्रीहरू कब्जामा लिन खोजेपछि सशस्त्र प्रहरीले रोक्न खोज्दा भिडन्त भएको प्रहरीले जनाएको छ ।

सो क्रममा पदयात्रामा आएकाहरूले ढुङ्गामुढा गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । साँझसम्म पनि उक्त क्षेत्र तनावग्रस्त थियो । आन्दोलनकारीले केबलकार निर्माणस्थलभन्दा माथि पाखाबाट अन्धाधुन्ध ढुङ्गा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको बताइएको छ । उनीहरूले कामदारलाई काम छाडेर नहिँडे क्षति भोग्नुपर्ने चेतावनीसमेत दिएको बताइएको छ ।

कार्यक्रममा सहभागी भई फिर्ता हुने क्रममा पदयात्रामा सहभागी करिब ३ सय जनाको समूहले निर्माणस्थलमा कोणसभा गर्न पाउनु पर्ने माग राखी संयुक्त प्रहरी टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको प्रहरीले जनाएको छ । आन्दोलनकारीहरूले मे। १ ज २५७९ नम्बरको बोलेरो गाडी तोडफोड गरेका छन् ।

घटनामा ६ जना जनपथ प्रहरी, ५ जना सशस्त्र प्रहरी र एक जना आन्दोलनकारी घाइते भएको प्रजिअ शर्माले जानकारी दिए । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनरत समूहले केबलकारको बेसस्टेसनतर्फ अघि बढेर प्रदर्शन साँझसम्म जारी राखेका थिए । प्रशासनले अतिरिक्त सुरक्षा सतर्कता अपनाएको बताएको छ ।

सोही सद्भाव ¥यालीमा सहभागी राष्ट्रिय मुक्ति नेपाल पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो, जसपा नेपालका सहअध्यक्ष एवं पूर्वमन्त्री रकम चेम्जोङलगायतका नेताहरू भने पाथीभरा मन्दिरसम्म पुगेका छन ।

प्रकाशित मिति: २०८१ फाल्गुन १०, शनिवार ०९:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको