मधेश कृषि विश्वविद्यालयको ताला खुल्यो



राजविराज, फागुन १० । सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयको प्रशासनिक र शैक्षिक भवनमा उपप्राध्यापक तथा कर्मचारीहरुले लगाएको ताला शनिबार खुलेको छ ।

जिल्ला समन्वय समिति सप्तरीमा भएको सर्वदलीयसर्वपक्षीय छलफलमा उपप्राध्यापक र कर्मचारीहरुको तलब भत्ता उपलब्ध गराउन मधेश प्रदेश सरकार र विश्वविद्यालयका कुलपति, उपकुलपतिलाई आग्रह गर्ने तथा विश्वविद्यालयका अन्य समस्याहरु सिनेट बैठकबाट समाधान गर्न प्रदेश सरकारलाई आग्रह गर्ने सहमतिपछि आन्दोलनरत पक्षले ताला खोलेको हो ।

छलफलमा छोटो समय उपस्थित भएका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतिशकुमार सिंहले फागुन २० मा बस्ने सिनेटको बैठकले समस्या समाधानमा ठोस निर्णय लिने प्रतिबद्धता व्यक्त गरे ।

गत भदौदेखि तलब नपाएको भन्दै मधेश कृषि विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक र कर्मचारीहरुले फागुन १ गते प्रशासनिक र शैक्षिक भवनमा तालाबन्दी गरेपछि पढाई प्रभावित भएको थियो ।

प्रकाशित मिति: २०८१ फाल्गुन १०, शनिबार १८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको