सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै जेष्ठ नागरिकको आन्दोलन



श्याम कुमार ठाकुर
सिरहा, फागुन १० ।
सामाजिक सुरक्षा भत्ता समयमा नपाएको भन्दै सिरहाको विष्णुपुर गाउँपालिकाका जेष्ठ नागरिकहरूले आन्दोलन गरेका छन्। गाउँपालिकाले छ महिनादेखि सामाजिक सुरक्षा भत्ता रोक्का गरेपछि उनीहरू आक्रोशित बनेका हुन्।

आन्दोलित जेष्ठ नागरिकहरूले गाउँपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए। केहीबेर उनीहरूले पिच सडकमै सुतेर विरोध जनाएका थिए। प्रदर्शनमा सहभागी एक जेष्ठ नागरिकले भने, “हामीलाई ६ महिनादेखि भत्ता दिइएको छैन। निर्वाचनको बेला घर-घरमा आएर भत्ता घरमै पुर्याउने वाचा गर्नेहरू अहिले बेपत्ता छन्।

” प्रदर्शनकारीहरूले गाउँपालिकाले तत्काल भत्ता वितरण नगरे थप आन्दोलन चर्काउने चेतावनी दिएका छन्। “अब पनि गाउँपालिकाले नसुध्रिए हाम्रो आन्दोलन निरन्तर रहनेछ,” जेष्ठ नागरिकले बताउँछन् स्थानीय निकायको निर्वाचनअघि राजनीतिक दलहरूले वृद्धभत्ता समयमै उपलब्ध गराउने मात्र नभई घरमै पु-याउने आश्वासन दिएका थिए।

तर, अहिले समयमा भत्ता पाउन समेत आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको जेष्ठ नागरिकहरूको गुनासो छ। गाउँपालिका अध्यक्ष बाहिर भएको कारण आन्दोलनमा रहेका जेष्ठनागरिकहरुले आज र भोलिको समय दिए नत्र आइतबार देखि पुन चरम बद्द आन्दोलन गर्ने चेतावनी दिएर छ ।

यस विषयमा विष्णुपुर गाउँपालिकाका प्रमुखसँग सम्पर्क गर्दा कुनै प्रतिक्रिया प्राप्त हुन सकेन।

प्रकाशित मिति: २०८१ फाल्गुन १०, शनिबार १२:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको