नश्लिय राज्य सत्ता विरुद्ध नयाँ क्रान्ति आवश्यक



राम कुमार शर्मा

राजालाई कठपुतली बनाएर १०४ बर्ष सम्म ठकुरीले निरंकुश राणा शासन चलाए । जनताको बलमा स्थापित प्रजातंत्र लाई छोटै समयमा फालेर स्व.महेन्द्रले प्रजातंत्र मासेर ३० बर्ष सम्म निरंकुश पंचायती ब्यवस्थाको नाउमा क्षेत्रीहरुले शासन गरे ! ०४६ साल यता संम्बैधानिक राजतंत्र को नाउमा होस् वा ०६२/०६३को जनान्दोलन, जनयुद्ध र मधेस बिद्रोहको जगमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमा पुन; अनेक जालझेल एवं षड्यंत्र गरि ३५ बर्ष देखि कोइराला,दहाल, नेपाल,खनाल भट्टराई,ओली, देउवा अर्थात खश /आर्यले नै शासन गरिरहेको छ ।
करिब ३०० बर्ष देखि तीन चरणमा आज पर्यन्त ठकुरी/क्षेत्री र खश/ आर्य गरि यिनिहरुले नै पालै–पालो नेपाल को शासन गरिरहे । परिणाम ३ करोड नेपाली नागरिक को सामुन्ने छ । नेपाल बिश्वको दरिद्रतम् देश बनेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल को अनुसार नेपाल बिश्बकै भ्रष्टाचारी मध्ये प्रथम भएको छ । धान्नै नसकिने गरि २६ खर्ब ३३ अर्ब बैदेशिक ऋण बढेको छ। चरम बेरोजगारी को कारण ९० % युवा जनशक्ती बिदेशमा आधुनिक दास बन्न बाध्य भएको छ । नेपाल कृषी प्रधान देश भएपनि खश/आर्य सरकारको किसान बिरोधी नीतिको कारण ८५% खाद्यान्न भारत लगायत अन्य मुलुकबाट आयात भैरहेको छ! खश/आर्य सरकारको गलत बिदेश नीतिको कारण अमेरिका,चीन,भारत लगायतका शक्ति रास्ट्रहरु नेपाल बाट सशंकित छ र बिश्वास को ठुलो संकट बढिरहेको छ । बन्दुकको बलमा शासन गर्न अनावश्यक रूपमा ठुलो संख्यामा सेना/पुलिस भर्ति गर्ने र रास्ट्रसेवकहरुलाई न्यून पारिश्रमिक दिएको कारण भ्रष्टाचारले रास्ट्रिय महामारीको स्वरुप धारण गरेको छ । न्युन तलब भत्ता दिदा पनि सधारण खर्च धान्नै नसक्ने अबस्थामा सरकार पुगेको छ । देशको मेरुदंड शिक्षा,स्वास्थ्य,सड़क,कृषी ध्वस्त भएका छन । नागरिकमा चरम निराशा र आक्रोशको स्थिती देखा परिरहेको छ । एक प्रकारले खश/आर्य सरकारको जनबिरोधी र चरम भ्रष्टाचारको कारण देश भयाबह रास्ट्रिय डिप्रेशन र असफल रास्ट्र बन्ने तर्फ उन्मुख छ ।
अब के गर्ने?
ठकुरी/क्षेत्री र खश/आर्य शासन बाट लगातार ३०० बर्ष देखि अन्याय,अत्याचार र भेदभाव को शिकार भई अपमानित जिवन जिउन बाध्य ३ करोड नेपाली नागरिकले तेस्रो जनान्दोलन मार्फत सख÷आर्य नेतृत्वको लुटतन्त्रलाई फाल्नुको बिकल्प छैन !
यसको लागि निम्न ५ मुद्दाहरुमा सहमतिको साथ अगाडी बढ्नु पर्दछ।
१)दुई दलिय सरकारको ठाउँमा रास्ट्रिय सहमतिको आधारमा रास्ट्रिय सरकारको गठन गरिनुपर्दछ।
२)बन्दुकको बलमा रगतको खोला बगाएर जारि गरेको मधेसी,थारु,आदिवासी, दलित ,महिला, मुस्लिम, अल्पसंख्यक बिरोधी २०७२ को संबिधान लाई संशोधन गर्न समाबेशी, अधिकार सम्पन्न उच्च स्तरीय संबिधान संशोधन आयोग मार्फत शासकिय स्वरूप,निर्वाचन प्रणाली,निर्दलीय स्थानीय तहको निर्वाचन,पहिचान सहित को संघीय स्वायत्त प्रदेश र संघीयताको कार्यान्वयन, समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, सुशासनको लागि भ्रष्टाचार बिरुद्ध जनलोकपाल सहित कडा कानुनी प्रबन्ध आदि बारे सहमती गरि संघीय संसद बाट पारित गरिनुपर्दछ।
३)२०४६ साल यता सार्वजनिक पद धारण गरेका नेता,राष्ट्रसेवक,कूटनीतिक नियोग,संम्बैधानिक आयोग सुरक्षा निकाय लगायत लाई छानबिन र दोषी प्रमाणित भएकालाई कठोर कार्यवाहीको लागि उच्च स्तरीय भ्रष्टाचार छानबिन आयोग गठन गरिनुपर्दछ।
४) छिमेकी मित्र रास्ट्र संग बिशेष बिश्बस्निय, सुमघुर सम्बन्ध कायम गर्ने नीति अख्तियार गरिनुपर्दछ।
५)स्व.पृथ्वीनारायण शाहले भन्ने जस्तै नेपाल चार जात र छतिस वर्णको फुलवारी जस्तै राज्यको सबै अंग, तह र निकायहरुमा खश÷आर्य,आदिबासी,मधेसी÷थारु,महिला,दलित,मुस्लिम लगायत अल्पसंख्यक समुदायको समानुपातिक समाबेशी प्रतिनिधित्व मार्फत भावनात्मक रुपमा एकताबद्ध सबल,शिक्षित र समृद्ध नेपाल को निर्माण मा अगाडी बढनुपर्दछ !

(लेखक – जनता समाजवादी पार्टी नेपालका महासचिव हुन ।)

प्रकाशित मिति: २०८१ फाल्गुन १०, शनिवार १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको