करेन्ट लागेर युवकको मृत्यु



झापा, फागुन ११ । झापामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको हाल्दिबारी गाउँपालिका–३ घर भएका २० वर्षीय सुशील लिम्बुको करेन्ट लागेर शनिवार राति मृत्यु भएको हो ।

बुद्वशान्ति गाउँपालिका–१ नमुना बस्तीस्थित दामा खोलामा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन ११, आईतवार १४:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको