रौतहटमा पुरुषको शव फेला



रौतहट, फागुन ११ । रौतहटको गरुडा नगरपालिका १ जयनगर स्थित फर्निचर मेलामा १ जना युवकको बेवारिसे शव भेटिएको छ।

नामथर वतन नखुलेको करिब बर्ष ३५ का पुरुष व्यक्ति फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि राजन कार्कीले  बताए।

मृतक युवकको शव पहिचान गर्नका लागि प्रयास भइरहेको उनको भनाइ छ । आज बिहान ५ बजे फेला परेको शव लाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन ११, आईतवार १४:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको