कारको ठक्करबाट पैदलयात्रीको मृत्यु



तनहुँ, फागुन १२ । शुक्लागण्डकी नगरपालिका-५ गल्छिनास्थित सडकमा ग.३ च १६५४ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७३ वर्षीया सेती मियाको मृत्यु भएको छ ।

कारले आइतबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको जिएमसी अस्पताल पोखरामा थप उपचारको क्रममा गए राति मृत्यु भएको हो ।

प्रहरीले कार चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन १२, सोमवार १४:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको