राजविराज, फागुन १२ । ६ वर्ष अघि बाढीले बगाएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र नेपाल–भारत सीमावर्ती क्षेत्र स्थित भारतीय बाजार कुनौलीलाई जोडने एकमात्र अस्थायी पुल (चचरी) अझै बन्न सकेको छैन ।
जसकारण सर्वसाधारणलाई आवतजावत गर्न निकै सास्ती भोग्नु परिरहेको छ । विषेशगरी वर्षायाममा जोखिम मोलेर सर्वसाधारण आउजाउ गर्न समस्यामा पर्ने गरेका छन । करिब ४१ वर्ष अघि सहज आवतजावतका लागी स्थानीय र सीमावर्ती भारतीय कुनौली बाजारका वासिन्दा समेत मिलेर सो खोलामाथी बाँसको फडकेबाट पुल बनाएर आवागमनको व्यवस्था मिलाएको थियो ।
६ वर्ष अघि आएको बाढीले सो अस्थायी पुल (चचरी) बगाएको थियो । तिलाडी कोइलाडी गाउँपालिका १ बेल्ही स्थित राजविराज भन्सार कार्यालय अगाडीको खोलामा बाँसको फडके बनाएर पुनः आवागमनको व्यवस्था मिलाउने प्रयास गरिएको भएपनि भारतीय एसएसबीको अवरोधका कारण रोकिएको तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालिन अध्यक्ष समेत रहेका मुख्यमन्त्री सतिष कुमार ंिसहको भनाई छ ।
उनले दुबै देशका नागरिकको सहज आवागमनका लागी त्यतिबेला बाढीले बगाएको अस्थायी पुल पुननिर्माणको प्रयास गरे पनि सीमाक्षेत्रमा तैनाथ भारतीय एसएसबी (सुरक्षाकर्मी) ले अवरोध गर्ने गरेको बताए । उनले आफु पालिका अध्यक्ष हुदा बखत नै सो स्थानमा पुल बनाउने अथक प्रयास गरे पनि भारतीय सुरक्षाकर्मीले त्यती बेला माथीको आदेश चाहियो भन्दै पुल निर्माणमा अवरोध गरेको सुनाए ।
उनले सो स्थानमा सहज आवागमनका लागी नेपाल–भारत मैत्री पुल निर्माण गर्ने आफ्नो योजना रहेको सुनाउदै यसका लागी संघिय सरकारको समन्वयमा भारत सरकार संग कुटनितीक पहल भइरहेको जानकारी समेत गराए ।
केही दिन अघि मात्र उक्त स्थलको निरिक्षण गरी फर्केका मुख्यमन्त्री सिंहले छिट्टै उक्त स्थानमा नेपाल–भारत मैत्री पृुल निर्माणका लागी पहल गर्ने आश्वासन दिएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले बताए ।
अध्यक्ष मण्डलले आफुले जिम्मेवारी सम्हाले पछी सो ठाउँमा पुल निर्माणका लागी पटक÷पटक प्रयास गरेपनि भारतीय सुरक्षाकर्मीको अवरोधका कारण सफल हुन न सकेको लाचारी ब्यक्त गरे । यसबारे सीमावर्ती भारतको कुनौली , कमलपुर र डगमारा ग्रामपंचायतका मुखियाहरुको समेतको पटक÷पटक बैठक गरी पुल निर्माणबारे माहौल बनाउने प्रयास गरेका छौं, अध्यक्ष मण्डलले भने –तर फेरी भारतीय सुरक्षाकर्मीले माथीको आदेश चाहियो भन्दै पुृल निर्माण कार्यमा अवरोध गरेपछी समस्या भएको हो ।”
दशगजा क्षेत्रमा रहेको सो खोलाबाट वर्षायाममा महुली, जीता, खाँडो, त्रियुगा, भलुवाही लगायतका नदी र खोलाको पानी बग्ने गरेको र पुल न हुदा दुबै देशका नागरिकले समस्या खेप्नु परिहरहेको तिलाठी कोइलाडी गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश कुमार झाले बताए ।
सुख्खायाममा जसोतसो आवतजात हुने गरे पनी वर्षायाममा जोखिम मोलेर आउजाउ गर्ने बाध्यता रहेको तिलाठी कोइलाडी गाउँपालिका १ का रुपकान्त मिश्रले सुनाए । भारत–नेपालको सीमामा पर्ने कुनौली बाजारमा यस क्षेत्रका जनता किनमेल, शिक्षा, उपचार, तिर्थाटन लगायतका विभिन्न कार्यका लागी आवत जावत गर्ने यही बाटो प्रयोग गर्दै आएका छन ।
तर पुल न हुदा बर्षायाममा जोखिम मोलेर यात्रा गर्न बाध्य हुने गरेको भन्दै स्थानीयले अविलम्ब उक्त स्थानमा पुल निर्माणका लागी पहल गर्न सरकार संग माग गरेका छन ।






