राराब क्याम्पसमा कुटाकुट, ४ घाइते



जनकपुरधाम, फागुन १२ । जनकपुरधाम स्थित रामस्वरुप रामसागर बहुमूखी क्याम्पसमा कर्मचारीहरुबीच कुटाकुट भएको छ ।

एमबीएसको परीक्षाको जिम्मेबारी लिने विषयलाई लिएर विवाद उत्पन्न भए पछि कुटाकुट भएको हो । । एमबीएस शाखाका प्रमुख अभिराम रायले सिट प्लान सहित परीक्षा सम्बन्धि जानकारी दिने उद्देश्यले क्याम्पस प्रमुख बसन्त कर्णसँग भेटन गएका बेला उनकै अगाडी कुटाकुट भएको प्रत्यक्षदर्शीले बताएका छन । क्याम्पस प्रमुख कर्ण रायलाई परीक्षाको जिम्मेवारीबाट हटाइ अरुलाई दिने मनसाय बनाएपछि विवाद शुरु भएको थियो ।

क्याम्पस प्रमुख बसन्त कर्णकै अगाडी प्रजातान्त्रिक समूहका महेश यादव र माओवादी समर्थित सुरेन्द्र यादवले एक अर्का माथि मुक्का प्रहार गरेका थिए । दूबै कर्मचारीले एक अर्कालाई गालीगलौज पनि गरेका थिए ।

सो घटनामा ४ जना घाइते भएका छन । घाइतेहुनेहरुमा ५५ वर्षिय सुरेन्दप्रसाद यादव, २७ वर्षिय गोविन्द साह, २२ वर्षिय रामपुकार महतो, २४ वर्षिय विकेश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कर्मचारीहरु बिच कुटाकुट भइरहदा क्याम्पस प्रमुख कर्ण मोटरसाइकलमा चढेर घर भागेका थिए ।

दूबै पक्षलाई जिल्ला प्रहरी कार्यालय धनुषामा आजै बोलाइएको जानकारी धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी दिएका छन ।

प्रकाशित मिति: २०८१ फाल्गुन १२, सोमबार १५:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको