श्याम कुमार ठाकुर
सिरहा, फागुन १२ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा गएकी सिरहाका दुई महिला सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन हुनेमा सिरहाको सुखीपुर नगरपालिका–५ की ७५ वर्षीया पलास यादव र औरही गाउँपालिका–३ की ५५ वर्षीया सुलेना यादव रहेका छन्।पलास यादव मेला भरेर आफन्तसँग घर फर्किने क्रममा गत बिहीबार राति उत्तर प्रदेशको फेफना रेल्वे स्टेसन र बलिया रेल्वे स्टेसनको बीचमा हराएको उनका परिवारले जनाएको छ।
निरन्तर खोजी गरे पनि हालसम्म उनको कुनै अत्तोपत्तो लागेको छैन। यसबारे भारतीय स्थानीय प्रहरीमा निवेदन दिइएको र खोजी कार्य जारी रहेको उनका छोरा रामरिझन यादवले बताएका छन्।त्यस्तै, सुलेना यादव महाकुम्भ मेलाकै क्रममा हराएको परिवारले जनाएको छ।
उनी बिहीबार नै भीडमा हराएकी थिइन्। आफन्तहरूले मेलाभरि खोजी गरे पनि अहिलेसम्म फेला पार्न सकेका छैनन्






