आयोगका अध्यक्ष झाले भने–‘आफ्नो कार्यकालमा विटौरी र ब्लक जग्गाका समस्या समाधान गर्छौ ।’



राजविराज, फागुन १३ । भूमि समस्या समाधान आयोग सप्तरीका अध्यक्ष अखिलेश कुमार झाले राजविराज नगरक्षेत्रको विटौरी, ब्लक जग्गामा पुर्खाै देखी वसोवास गर्दै आएका नागरिकलाई लालपुर्जा तथा जिल्लाका भुमिहिनको पहिचान गरि आफ्नै कार्यकालमा जग्गा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन ।

मंगलवार आयोगको विज्ञ सदस्यमा नियक्त भएका पञ्चदेव चौधरी र महिला सदस्यमा नियक्त भएकी नानू चौधरीलाई पद तथा गोपनियताको शपथ गराउदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन ।

“राजविराज नगरक्षेत्रमा पुस्तो देखी वसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवार हाल सम्म लालपुर्जा पाउन न सक्दा समस्यामा छन, उनले भने– नगरको बिटौरी र ब्लक जग्गामा वसोवास गर्ने नगरवासीको पीडा मात्र होइन, जिल्लाभरकै भुमिहिन गरिब, दलित र विपन्न परिवारको व्यवस्थित वसोवास अभावको समस्या हाम्रो टिमले आफ्नो कार्यकाल भित्रै समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्दर्छू ।”

नगरवासी विटौरी र ब्लक जग्गाको लालपुर्जा सहित नगरका अन्य समस्या समाधानको माँग गर्दै संर्घष समिति नै गठन गरी आगामी १५ फागुन देखी बिरोध प्रर्दशन, बाजार बन्द, नगरपालिका, नापी, मालपोत लगायतका कार्यालयमा तालाबन्दी र रिले अनसन लगायतका चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरी आवश्यक तयारी गरिरहेका वेला अध्यक्ष झाको यस्तो प्रतिबद्धता आएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले वि.स.२०१६ मै नगरपालिका घोषणा भएर नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दाँया बायाँ रहेका करिब ५ हजार २ सय परिवार वर्षाै देखी लालपूर्जा नपाएको तथा मालपोत कार्यालयबाट रोक्का प्रक्रिया समेत विगत ८ वर्ष देखि रोकिदा समस्या परेका वेला उक्त जग्गा बैक तथा वित्तिय संस्थामा धितो राखी ऋण सापटी लिन नपाएको भन्दै अविलम्ब यसका लागी सरकार र भूमि समस्या समाधान आयोगले पहल गर्नू पर्नेमा जोड दिए ।

संघर्ष समितिका अध्यक्ष इरसाद अंसारीले विटौरी र ब्लक जग्गाको वर्षाै देखी कर लिने गरेको राजविराज नगरपालिकाले लालपुर्जा, नक्शापास उपलब्ध नगराउँदा बैङ्क तथा वित्तिय संस्थाले त्यस्तो जग्गा स्वीकार गर्न नमानेको भन्दै यसले गर्दा यहाँको व्यापार व्यवसाय चौपट हुनुका साथै शिक्षा, उपचार लगायतका कार्य गर्न पनि नगरवासीलाई समस्या भएको बताए ।

नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य मनोज कुमार माझीले हज्जारौ परिवारको पीडा संग जोडिएको नगरको विटौरी र ब्लक जग्गाको समस्या समय मै समाधान गर्न आयोगका नवनियुक्त पदाधीकारीहरुले गम्भिरता देखाउनु पर्ने भन्दै सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रममा आयोगका सदस्य सचिव समेत रहेका नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्र, डिभिजन बन कार्यालयका अधिकृत शशिन्द्र यादव लगायतले पनि विटौरी र ब्लक जग्गाको समस्या समाधान बारे आ–आफ्नो सुझाव सहित नवनियुक्त पदाधीकारीहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रकाशित मिति: २०८१ फाल्गुन १३, मंगलवार २०:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको