नवलपरासीमा हिंसात्मक झडप: प्रहरीको गाडीमा आगजनी, २० जना घाइते



बुटवल, फागुन १३ । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा दुई समूहबिच झडप भएको छ । स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीका केही व्यक्तिबिच झडप भएको प्रहरीले जनाएको छ ।

 

केटा पक्षकाले केटी पक्षका घरमा आएर आगजनीको प्रयास गरेपछि झडप भएको स्थानीयले प्रहरीले बताएको छ । झडप नियन्त्रणका लागि प्रहरीले ३  राउन्ड हवाई फायर गरेको थियो । ७ राउन्ड अश्रु ग्यासको प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरिक्षक नारायण थापाले बताए ।

प्रदर्शनकारीले प्रहरीको एउटा गाडीमा पनि आगजनी गरेका छन् ।इलाका प्रहरी कार्यालय महेसपुरकाे गाडीमा आगजनी भएको छ।

जनालाई नियन्त्रण लिने क्रममा ५ जना स्थानीय , १२ जना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएको थापाले बताए ।स्थिति नियन्त्रणमा आइसकेको छ।

प्रकाशित मिति: २०८१ फाल्गुन १३, मंगलवार १४:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको