बालिकामाथि जबरजस्ती करणीको आरोपमा शिक्षक पक्राउ



काठमाडौं, फागुन १३ । १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीका अनुसार जाजरकोटको नलगाड नगरपालिका– ८ घर भएका ३५ वर्षीय कमलबहादुर बोहरा पक्राउ परेका हुन् ।

उनी गोरखाको धार्चे गाउँपालिकास्थित एक विद्यालयका शिक्षक हुन् ।

उनीविरुद्ध पीडित बालिकाका आफन्तले जाहेरी दिएका थिए । जाहेरीमा गत पुसदेखि पटक–पटक ती विद्यार्थीमाथि जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ ।

गत माघ २८ गते राति पनि उनले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ ।

डीएसपी सुवेदीका अनुसार उनीविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।

गत ७ फागुनमा पक्राउ परेका उनीमाथि जिल्ला अदालत गोरखाबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सुवेदीले बताए ।

प्रकाशित मिति: २०८१ फाल्गुन १३, मंगलवार १६:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको