रागनी साह
जलेश्वर, फागुन १३ । महाशिवरात्रिको शुभ अवसरमा जलेश्वरमा कलश शोभायात्रा निकालिएको छ । बुधबार हुने महाशिवरात्री पुर्व मंगलबार बिहान जलेश्वरमा कलश शोभायात्रा निकालिएको हो । जलेश्वरनाथ महादेव मन्दिर परिसरबाट निकालिएको कलश शोभायात्रा नगर परिक्रमा गरेको हो ।
नेपाली सेना र सशस्त्र प्रहरीको व्यनडसहित निकालिएको कलश शोभायात्रामा सुरक्षा निकाय ,स्थानीय तहका प्रतिनिधिका साथै विभिन्न विधालयका बिद्यार्थी तथा शिक्षकहरुले सहभागिता जनाएका छन् ।
सथैं उक्त कलश शोभायात्रामा नगर प्रमुख सुरेश साह सोनार , प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने सहित विभिन्न सुरक्षा निकाय प्रमुख तथा प्रतिनिधि राजनीतिक दलका प्रतिनिधि र आमनागरिक लगायतको उपस्थिति रहेको यस कलश शोभयात्रामा शिव नाटकसमेत गरिएको हो ।






