महाशिवरात्रीको अवसरमा लखराम पूजा



जनकपुरधाम, फागुन १३ । महाशिवरात्रीको अवसरमार विद्यापति ट्रष्टले जनकपुरधाममा सवा लाख महादेव (लखराम) गर्ने भएको छ । जनकपुरधामको विद्यापति चोकमा रहेको दुर्गा मन्दिरमा सवा लाख महादेवको पूजापाठ गरिने ट्रष्टका अध्यक्ष दीपक झाले जानकारी दिए ।

विहान देखि हुने लखराम पूजामा सहभागि हुन ट्रष्टका अध्यक्ष झाले सम्पूर्ण जनकपुरधामबासी संग आग्रह गरेका छन् । साथै उनले जति सम्भव हुन्छ त्यति महादेव बनाएर मन्दिर प्राङ्गणमा हुने पूजामा सहभागि हुन समेत आग्रह गरे ।

पूजाकालागि सयौं मिथिलानी श्रद्धालुहरु पार्थिब निर्माणमा सहभागि हुने उनले जानकारी दिए । उनले भने–‘हुन्छ भने यहा आएरनै पार्थिब बनाउनुस वा आफ्नै घरबाट बनाएर ल्याए पनि हुन्छ ।’

महादेवको पार्थिब निर्माणकालागि घर–घरबाट आग्रह आइ रहेको समेत उनले जानकारी दिए ।

 

प्रकाशित मिति: २०८१ फाल्गुन १३, मंगलवार १९:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको