जलेश्वरनाथ महादेवको एक लाख बढीले दर्शन गरे



जलेश्वर, फागुन १५ । महोत्तरीको जलेश्वर स्थित जलेश्वरनाथ महादेवको महाशिवरात्रीको अवसरमा एक लाख बढीले दर्शन गरेका छन् । एक लाख श्रद्धालु आउने अडकल गरिए पनि एक लाखभन्दा बढी श्रद्धालुले दर्शन गरेको मन्दिर प्रशासनले जनाएको छ ।

जलेश्वर नगरपालिका, स्थानीय प्रशासन र मन्दिर व्यवस्थापनका समितिलेहरुले विहान देखि राति सम्ममा एक लाख श्रद्धालु पुग्ने अनुमान गरेको भए पनि करिव डेढ लाख श्रद्धालुले दर्शन गरेको दावी गरिएको छ ।

मधेश टुडे संग कुराकानी गर्दै जलेश्वर नगरपालिकाका मेयर सुरेश साहले एक लाख श्रद्धालु आउने अनुमान गरिएको बताएका थिए । नेपाल र भारतका गरी करिव डेढ लाख श्रद्धालु जलेश्वर महादेवको दर्शन गरेको अनुमान गरेको छ । नेपालका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिरहा, भारतको मुझ्प्परपुर सम्मको श्रद्धालुले जलेश्वरनाथ महादेवको दर्शन गरेका छन् ।

महाशिवरात्रीको अवसरमा देखिएको श्रद्धालु भक्तजनको भीडलाई नियन्त्रण गर्न स्थानीय प्रशासनलाई र स्वेमसेवकहरुलाई हम्मे हम्मे परेको थियो ।

प्रकाशित मिति: २०८१ फाल्गुन १५, बिहीबार ०८:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको